Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

निर्वाचन सामग्री व्यवस्थापन कार्य तीव्र

उद्‌घोष संवाददाता
२९ माघ २०८२, बिहिवार

विराटनगर । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालयले निर्वाचन सामग्रीको व्यवस्थापनलाई तिब्रता दिएको छ ।

मोरङमा मतपत्र बाहेक निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरू आइसकेको जनाइएको छ । 

निर्वाचन सामग्रीलाई मिलाउने र पोका बनाउने काम चलिरहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए ।

निर्वाचनका लागि अनुसूची अनुसारका सामग्रीहरूको पोका बनाउने काम अन्तिम चरणमा पुगेको उनले बताए । 

मोरङका ६ वटै निर्वाचन क्षेत्रमा पठाउनका लागि निर्वाचन सामग्री तयार पारिएको छ । आयोगले थप सामग्रीहरू समेत पठाउने काम गरिरहेको उनले जानकारी दिए ।

सामग्री व्यवस्थापनका लागि विभिन्न कार्यालयबाट कर्मचारीहरू परिचालन गरिएको जनाइएको छ ।

View : 200

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved