Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर–१२ लाई सहयोग हस्तान्तरण

उद्‌घोष संवाददाता
२५ कार्तिक २०८२, मङ्गलवार

विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको विराटनगर महानगरपालिकाको वडा नम्बर १२ लाई विभिन्न क्षेत्रबाट प्रदान गरिएको सहयोग र सामग्री सोमबार हस्तान्तरण गरिएको छ । 

वडाभित्रका विभिन्न निजी संघसंस्था र व्यक्तिहरूको पहलमा वडा कार्यालय पुनर्निर्माण र भौतिक सामग्री सहयोग भएको थियो । सोही सहयोग एक कार्यक्रमका बीचमा हस्तान्तरण गरिएको जनाइएको छ । 

वडा कार्यालयमा वडाध्यक्ष हिरालाल कामतलाई कोशी ग्यास उद्योगका विजया शर्माले एक थान कम्प्युटर र प्रिन्टर सहयोगस्वरुप प्रदान गरेको वडा सदस्य कुशेश्वर राजवंशीले जानकारी दिए । 

सोही वडास्थित बीकेभीएम स्कुलले वडा कार्यालयको रंगरोगनका लागि दुई लाख २५ हजार रुपैयाँ बराबरको सहयोग गरेको जनाइएको छ । 

त्यस्तै होलील्याण्ड बोर्डिङ स्कुलले दश हजार रुपैयाँ बराबरको भौतिक सामग्री वडा कार्यालयलाई प्रदान गरेको राजवंशीले बताए ।

View : 467

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved