विराटनगर । मंसिर १६ मा हुने अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकामा नेकपा एमालेले बुधबारदेखि घरदैलो अभियान सुरु गरेको छ । अध्यक्ष पदका उम्मेदवार तुलसीराम विश्वास सहित एमालेका स्थानीय नेता कार्यकर्ताहरूको उपस्थितिमा घरदैलो अभियान सुरु भएको हो ।
ग्रामथान गाउँपालिका–१ लखन्तरी चोकबाट सुरु भएको घरदैलो अभियानमा एमालेबाट अध्यक्ष पदका आकांक्षी सबै नेता कार्यकर्ताहरू सहभागी भएको वडा नम्बर १ वडा कमिटी अध्यक्ष दीप नारायण चौधरीले जानकारी दिए ।
घरदैलोमा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी, कृष्ण कुमार माझी, एमालेबाट निर्वाचित सोही क्षेत्रका प्रदेश सभा सदस्य जयप्रकाश चौधरी र ललिता कुमारी चौधरी, एमाले केन्द्रीय सदस्य नैनकला ओझा लगायतका नेता कार्यकर्ताहरू सहभागी थिए ।
पूर्वअध्यक्ष माझीले एमालेका उम्मेदवार जिताउने अभियानका लागि घरदैलो सुरु गरिएको जानकारी दिंदै पार्टीका सवै नेता कार्यकर्ता परिचालन भएको बताए । उनले एकतावद्ध भएर चुनावी अभियान संचालन गरिने बताए ।
View : 112
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved