विराटनगर, ३० साउन । गए राती परेको अविरल वर्षाका कारण अरुण नदीको जलसतह खतराको तहमा पुगेको छ । जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ भने निर्माणाधिन अरुण-३ हाइड्रोपावरले खतरा जनाउने राती बत्ति बालेको छ ।
नदीमा पानीको सतह बढेपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाले नदी आसपासका बासिन्दाहरूलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ ।
बुधबार बिहान ६ बजेदेखि फाक्सिन्दा दोभानस्थित अरूण नदीमा पानीको बहाब बढेको र डाईभर्सन टनेलबाट जाने पानी ओभरफ्लो भएर अरुण-३ को ड्याम निर्माण क्षेत्रबाट बगिरहेको जनाइएको छ ।
प्रहरीले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा अहिले पनि पानी परिरहेको जनाइएको छ ।
View : 191
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved