विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रदेशभरिका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूमा आवद्ध व्यवसायीको अभिलेख अनलाइन माध्यमबाट संकलन गरी व्यवस्थापनको काम सुरु गरेको छ ।
महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका अनुसार अनलाइनबाटै सदस्यता फारम भर्ने व्यवस्था गर्न अनलाइन प्रणाली जडानको थालनी गरिएको जनाइएको छ । महासंघले सुरुवातमा कोशी प्रदेशका ३० वटा नगर तथा जिल्ला उद्योग वाणिज्य संघहरूलाई समेटेको छ ।
त्यसका लागि सफ्टवेयरमा तथ्याङ्क संकलन र व्यवस्थापन भएपछि व्यवसायको प्रकृति र क्षेत्र, स्वामित्वको संरचना, अधिकृत र चालु पुँजी, कर्मचारी तथा कामदारको स्थायित्व एवं लैंगिक अनुपात लगायतका तथ्याङ्क सम्बन्धित जिल्ला तथा नगर उद्योग वाणिज्य संघले राख्न सक्ने छन् । साथै अनलाइनबाट नै सदस्य बन्न तथा नवीकरण गर्न सकिने गरी मोवाइल एप पनि निर्माण गरी सञ्चालनमा ल्याइएको अध्यक्ष राउतले जानकारी दिए ।
सफ्टवेयर सञ्चालनको प्रारम्भिक अनुशिक्षण ३० वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई उपलब्ध गराइसकिएको र क्रमशः सञ्चालन र व्यस्थापनका लागि आवश्यक सहयोग महासंघबाट हुने गरी कार्य प्रारम्भ भएको पनि जनाइएको छ ।
जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा जडान भएको सˆटवेयरमा प्रशासनिक तथ्याङ्क, लेखा व्यवस्थापन र अन्य सुचना व्यवस्थापनको सुविधा हुनुको साथै उक्त सˆटवेयर मोवाइल एप्लिकेशनबाट पनि चलाउन सकिने छ ।
कोशी प्रदेशका ३९ वटा उद्योग वाणिज्य संघहरूमध्ये दोस्रो चरणमा बाँकी उद्योग वाणिज्य संघहरूमा सफ्टवेयरको प्रयोग बढाउँदै लैजाने जनाइएको छ ।
View : 190
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved