विराटनगर । आफ्नो ४७ औं जन्मदिन एवम् आफ्नी आमा मेनुकादेवी निरौलाको ४७ औं पुण्यतिथि पारेर सम्झना मुड्वरीले विराटेश्वर वृद्धाश्रममा आश्रित वृद्धवृद्धाका लागि मंगलबार खाद्यान्न वितरण गरेकी छन् ।
सो अवसरमा एक महिनालाई पुग्ने खाद्यान्न अन्तर्गत चामल, नून, चिनी, आलु प्याज र एकदिनका लागि तरकारी साथै मिठाइ वितरण गरिएको सहजकर्ता गीता कोइराला ढकालले बताइन् । खाद्यान्न वितरण कार्यमा अरुणा निरौला गौतम, सुशान्त गौतमले विशेष सहजीकरण गरेका थिए ।
सिराहा कुशाहा लक्ष्मीनिया–७ बस्दै आएकी आमा मेनुकादेवी निरौलाको निधन भएको स्मृतिमा उनकी कान्छी छोरी सम्झना र ज्वाईं दिपेश मुड्वरीले वृद्धाश्रमलाई खाद्यान्न अर्पण गरेका हुन् । सो अवसरमा विराटनगर–८ स्थित वृद्धाश्रमका सञ्चालक जगत अर्ज्याल, उमा रेग्मी लगायतको उपस्थिति थियो । सो वृद्धाश्रममा हाल ४७ वृद्धवृद्धा आश्रित छन् ।
View : 303
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved