Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

महिला एकता अध्ययन केन्द्रमा दुर्गाजयन्ती राई

उद्‌घोष सम्वाददाता
११ कार्तिक २०८१, आइतवार

खोटाङ, ११ कात्तिक । महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दुर्गाजयन्ती राई चयन भएकी छिन् । 

हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यका साथ १८ वर्षअघि स्थापना गरिएको केन्द्रको पाँचौँ अधिवेशनले महिला नेतृ राईलाई पुनःचौथो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

पन्ध्र सदस्यीय जिल्ला कार्यसमिति रहेको महिला एकता अध्ययन केन्द्रको उपाध्यक्षमा बिन्दा थापा, सचिवमा कमला घिमिरे, सहसचिवमा चन्द्रकला कार्की र कोषाध्यक्षमा मनिशोभा राईलाई चयन गरेको छ । 

‘बिनाअध्ययन मानव जीवन अपुरो हुने र जुनसुकै कामको सफलताको कल्पना गर्न सकिन्न’ भन्ने मान्यतालाई आत्मसात् गर्दै स्थापना गरिएको अध्ययन केन्द्रले आफ्नै कार्यालयमा पुस्तकालयसमेत सञ्चालन गर्दै आएको छ ।

परिवार, समाज र देशले अपेक्षित गति लिन नसक्नुमा एउटा कारण अध्ययनकै कमीले भएकाले अध्ययन संस्कृतिको विकास गर्न पुस्तकालय सञ्चालन गरिएको अध्यक्ष राईले बताइन् ।

जिल्लाका १०वटै स्थानीय तहका महिलाहरु सहभागी महिला एकता अध्ययन केन्द्रमा ८० जना साधारण सदस्य रहेको जनाइएको छ । रासस

View : 119

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved