Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
प्रविधि

वृद्ध दम्पतीले विद्यालयमा राखिदिए सीसीटीभी

उद्घोष सम्वाददाता
२० मंसिर २०८०, बुधवार

धनकुटा : धनकुटाको पाख्रीबास नगरपालिका–१० चुङमाङका बृद्ध दम्पतीले स्थानीय भारती माध्यमिक विद्यालयमा सीसीटीभी जडान गरिदिएका छन् । समाजसेवी ७८ वर्षीय रमेशकुमार राई र उनकी श्रीमती ६५ वर्षीया चन्द्रकलाले १ लाख ५० हजार खर्च गरेर विद्यालयमा १६ वटा सीसीटीभी क्यामेरा जडान गरिदिएका हुन् ।

सोही विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका राई हुलाक कार्यालयबाट अवकास प्राप्त कर्मचारी हुन् । विद्यालयको शैक्षिक र प्रशासनिक गतिविधिहरू निगरानी गरेर थप व्यवस्थित गर्न सहयोग पुर्याउने उद्देश्यले सीसीटीभी क्यामेरा प्रदान गरेको बृद्ध राईले बताए ।

यसैबीच, सहयोग गर्ने वृद्ध दम्फतीलाई विद्यालयले कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । कार्यत्रममा वडाध्यक्ष हरिबहादुर खत्री र प्रधानाध्यापक हरिप्रसाद पौडेलले दोसल्ला ओढाई प्रशंसा–पत्र प्रदान गरेर वृद्ध दम्पतीलाई सम्मान गरे ।

सो अवसरमा वडाध्यक्ष खत्री, प्रधानाध्यापक पौडेल, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरू आनन्दसन्तोषी राई, रणबहादुर राई, ठगिनकुमार राई, कृष्णप्रसाद कट्टेललगायतले सहयोग गर्ने दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै उनीहरूको सहयोगी भावनाको प्रशंसा गरेका थिए ।

View : 68

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved