Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

३० छात्राहरुले पाए साइकल

उद्घोष सम्वाददाता
१९ पुष २०८०, बिहिवार

विराटनगर । विराटनगर महानगरपालिकाको १४ नम्बर वडा कार्यालयले ३० छात्राहरुलाई साइकल वितरण गरेको छ । २०७९ सालमा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका छात्राहरुलाई वडा कार्यालयले बिहीबार साइकल वितरण गरेको हो ।

एसईई उत्तीर्ण गरेका छात्राहरुको उच्चशिक्षा अध्ययनका लागि सहज बनाउन ३० जना छात्राहरुलाई साइकल वितरण गरिएको सोही वडाका वडाध्यक्ष सूर्यनारायण महतोले जानकारी दिए । वडा कार्यालयले विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न बन्चित भएका छात्राहरुलाई साइकल वितरण गरेको उनले बताए ।

नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले छात्राहरुलाई साइकल हस्तान्तरण गरेका हुन् । छात्राहरुलाई साइकल वितरण गरिएका कारण वडाको शैक्षिक विकासमा सहयोग पुग्ने र बालिकाहरुलाई विद्यालय जानका लागि थप हौसला प्रदान भएको थाफाले बताए ।

वडाले दिएको साइकलका कारण आूुलाई उच्च शिक्षा अध्ययन गर्न जान सहज भएको साइकल प्राप्त प्राप्त गरेकी छात्रा सिवानी राउत बताइन् ।

View : 107

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved