विराटनगर । यस बर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुदीप कोइरालालाई प्रदान गरिएको छ ।
प्रेस चौतारी मोरङद्वारा मंगलबार आयोजित पुरस्कार वितरण समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकार कोइरालालाई १५ हजार ५०० रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
कोशी सन्देश डटकमका कार्यकारी सम्पादक पत्रकार कोइराला प्रेस चौतारी मोरङका पूर्वअध्यक्ष हुन् ।
कार्यक्रममा स्वर्गीय जनार्दन मैनालीकी धर्मपत्नी कमला मैनालीले दोसल्ला ओढाएर सम्मानित गरेकी हुन् ।
चौतारीका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इञ्चार्ज सुमन सुस्केराले स्वर्गीय जनार्दन मैनालीले पुर्याएको सामाजिक योगदानको चर्चा गर्दै पुरस्कृत कोइरालाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार सातै प्रदेशमा सवैभन्दा बढी ८१ प्रतिशत पूँजीगत बजेट खर्च गर्न सक्ने प्रदेश भएको दाबी गरे ।
उनले राजस्व पनि लक्ष्यभन्दा कम्तिमा सात प्रतिशत धेरै असुल भएको बताए ।
View : 415
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved