Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

इनड्राइभको ग्रान्ड प्राइज विजेतालाई सम्मान

उद्‌घोष संवाददाता
१० मंसिर २०८२, बुधवार

विराटनगर । विश्वव्यापी यातायात तथा सहरी सेवा प्लेटफर्म इनड्राइभले काठमाडौंमा एक कार्यक्रममा प्लेटिनम ड्राइभर गिभअवे अभियानका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । 

ड्राइभर साझेदारहरूको उत्साहपूर्ण सहभागिता रहेको यो अभियान कम्पनीले उनीहरूको निरन्तर सेवाभाव र व्यावसायिकतालाई सम्मान गर्ने उद्देश्यले सञ्चालन गरेको थियो ।

अभियानअन्तर्गत साप्ताहिक चुनौती र आकर्षक उपहारहरू राखिएका थिए भने अन्तिम चरणमा दुई जना चालकलाई ग्रान्ड प्राइजका लागि छनोट गरिएको थियो । 

क्याब चालक श्रेणीमा हरि पाण्डेले टाटा एक्सप्रेस–टीईभी जित्न सफल भए भने बाइक (मोटो) राइडर श्रेणीमा आकाश तामाङ टीभीएस रेडरका विजेता बने । 

तीनवटै चुनौती–सप्ताहमा निरन्तर प्लेटिनम स्थिति कायम राखी आवश्यक सबै मापदण्ड पूरा गर्ने चालकहरूको समूहबाट दुवै विजेताको नाम छनोट गरिएको हो । विजेताहरूको घोषणा नोभेम्बर ७ मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानलमार्फत लाइभ लक्की ड्रमार्फत गरिएको थियो ।

अभियानले यसअन्तर्गत विभिन्न साप्ताहिक उपहारहरू पनि वितरण गरेको थियो । जसमा स्मार्टफोन, इयरबड र स्मार्टवाचजस्ता सामग्री समावेश भएको कम्पनीले जनाएको छ । 

अभियानमा सहभागी चालकहरूलाई प्रोत्साहन गर्न यी सबै उपहारहरू चरण–चरणमा प्रदान गरिएको इनड्राइभले जनाएको छ ।

कार्यक्रमका दौरान इनड्राइभ नेपालकी वरिष्ठ ड्राइभर रिटेन्सन विशेषज्ञ सुनिता जिमी राईले विजेताहरूलाई बधाई दिंदै चालक साझेदारहरू नै नेपालमा इनड्राइभको सफलताका आधार भएको बताइन् । 

उनका अनुसार इनड्राइभले आगामी दिनमा पनि चालक साझेदारहरूका लागि थप आकर्षक तथा प्रभावकारी अभियानहरू ल्याउने छ ।

View : 117

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved