विराटनगर । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरूका लागि कर्जा अनुशासन तथा फिल्ड कार्य सम्पादन अभिवृद्धि सम्बन्धि दुईदिने तालिम सम्पन्न गरेको छ ।
तालिममा कोशी प्रदेश कार्यक्षेत्र अन्तर्गतका ६७ वटा शाखा कार्यालयका १५६ जना कर्मचारीहरूको सहभागितामा थियो ।
प्रदेश मातहतका हिले, इटहरी, विराटनगर, उदयपुर, उर्लाबारी, विर्तामोड, इलाम र फिदिम क्लष्टर कार्यालयहरूले अलग–अगल स्थानमा तालिम आयोजना गरेका थिए ।
तालिमलाई व्यवस्थित बनाउन इटहरी, विराटनगर, दमक, बिर्तामोड, इलाम र लहानमा २–२ दिने आवासीय तालिम आयोजना गरिएको जनशक्ति व्यवस्थापन प्रमुख राजेश श्रेष्ठले जानकारी दिए ।
तालिमको मुख्य उद्देश्य फिल्ड सहायक कर्मचारीहरूको ज्ञान, सीप र व्यवहारमा सुधार ल्याई कर्जा असुली, भाखा नाघेको कर्जा व्यवस्थापन, केन्द्र बैठक सञ्चालनको गुणस्तर, ग्राहक सम्बन्ध व्यवस्थापन तथा संस्थाले जारी गरेका नीति–निर्देशनहरूको प्रभावकारी कार्यान्वयनमा व्यावहारिक दक्षता अभिवृद्धि गर्नु रहेको थियो ।
तालिममा स्रोत व्यक्तिहरूको रूपमा दिनेश कटुवाल र राजु श्रेष्ठ, विर्खबहादुर बोहोरा, शम्भु घिसिङ, रघुनाथ सुवेदी र घनश्याम चौधरीको टोलीले सहजीकरण गरेका थिए ।
तालिमबाट संस्थाको सेवा प्रवाहको गुणस्तर सुधार गर्ने, कर्जा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने तथा ग्राहक सेवामा उत्कृष्टता हासिल गर्ने लक्ष्यमा सघाउ पुग्ने प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद पौडेलले बताए ।
राष्ट्रियस्तरमा सञ्चालनमा रहेको यस नेरूडे मिर्मिरे लघुवित्त संस्थाले हाल ६१ जिल्लामा २२५ शाखा कार्यालयमार्फत ३ लाख १४ हजार बढी ग्राहक सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
View : 236
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved