सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विभिन्न स्थानमा निर्माण गर्न बाँकी रहेको सार्वजनिक शौचालय निर्माणको सहयोगार्थ विराट एक्स्पो ४ सञ्चालन हुने भएको छ ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ३० देखि फागुन १० गतेसम्म विराटचोकमा महोत्सव हुन लागेको हो ।
सबै क्षेत्रको सहकार्यले एक्स्पो सफल हुने भएकोले सबैसँग छलफल अन्तरक्रिया गरिने मेला मूल समारोह समिति संयोजक भोलेश्वर दुलालले बताए ।
विराटचोकमा करिब तीन बिघा जग्गा भाडामा लिएर उद्योग वाणिज्य संघले मेला लगाउन लागेको हो । आगामी दिन मेला लगाउन मात्र नभएर बहुप्रयोजनका लागि जग्गा भाडामा लिइएको सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताए ।
महोत्सवमा खेलकुद, बाल उद्यान, मनोरञ्जन, अटो मोबाइल, कृषि, पर्यटन, व्यापारका साथै नयाँ प्रविधि एआईको प्रयोग र उपयोगबारे जानकारी गराउने स्टलसमेत रहने आयोजकले जनाएका छन् ।
View : 369
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved