विराटनगर । इलाम सूर्योदय नगरपालिकाकी कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मंगलबार विराटनगरमा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार इलामकी ४१ वर्षीया महिलाको नोबेल शिक्षण अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
उनलाई उपचारका लागि झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर सोमबार विराटनगरको नोबेलमा ल्याइएको थियो ।
मंगलबार बिहान ६ बजे उपचारकै क्रममा उनकी मृत्यु भएको जनाइएको छ ।
पछिल्लो अवधिमा कोशी प्रदेशका मोरङ, झापा र इलाममा ८ जना व्यक्तिहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये इलामकी महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको शव परिवारले बुझिसकेको प्रहरीले जनाएको छ ।
View : 593
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved