Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

गणित शिक्षकलाई अभिमुखीकरण

उद्घोष सम्वाददाता
१६ जेठ २०८१, बुधवार

विराटनगर । चारवटा स्थानीय तहका गणित शिक्षकहरूलाई अभिमुखीकरण गरिएको छ । गणित विषयका ३५ जना शिक्षकलाई एक दिने अभिमुखीकरण गरिएको हो । 

पोखरिया माविको आयोजनामा भएको अभिमुखीकरणमा विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, ग्रामथान गाउँपालिका र दुहवी नगरपालिकाभित्रका विद्यालयमा पढाउने गणित शिक्षकहरूको सहभागिता रहेको जनाइएको छ ।

शिक्षकहरूलाई एम्स म्याथ काठमाडौंका सहजकर्ताहरू विश्वमणि अधिकारी, देवराज गुरुङ र दीपक अधिकारीले सहजीकरण गरेका थिए ।

अभिमुखीकरणमा गणित विषय अध्यापन गराउँदा चाहिने शैक्षिक सामग्रीहरूको निर्माण, त्यसको प्रयोग एवं कक्षा कोठामा साथै विद्यार्थीहरू आफैले पनि गणित विषयको शैक्षिक सामग्रीहरू निर्माण गर्न सक्ने विषयमा प्रयोगात्मक अभ्यास समेत गराइएको जनाइएको छ ।

पोखरिया माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षतामा भएको अभिमुखीकरणमा विराटनगर महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत रमेश खड्का, पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराई, गणित शिक्षकहरू पुण्यप्रसाद दुलाल, प्रीतिकुमारी केशरी लगायतले गणित विषय अध्यापनका बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कक्षा कोठामा प्रयोग गरिने प्रतिवद्धता जनाएका थिए । 

View : 156

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved