विराटनगर । विराटनगर बजारभित्रको प्रसिद्ध धार्मिक स्थल काली मन्दिर यहाँकै केही युवाहरूको पहलमा सजाइएको छ ।
दशैंको अवसरमा मन्दिर व्यवस्थापन समितिसँग सहकार्य गरेर निशुल्क रुपमा मन्दिर क्षेत्रको साजसज्जा गरेका हुन् ।
विराटनगरका राहुल सोनी लगायतको समुहले काली मन्दिर अगाडि मेन रोडको उत्तर र दक्षिण सडकमा सजावट गरेको हो । सजावट गरेपछि काली मन्दिर क्षेत्र झकिझकाउ बनेको छ ।
काली मन्दिरमा बडा दशैंको अवसरमा भारतबाट समेत भक्तजनहरू आउने गरेका छन् ।
शुक्रबार भने सजावट गरिएका सामग्री विज्ञापन कम्पनी आकृति एडभर्टाइजिङ र साइन हबले हटाइदिएपछि विवाद भएको थियो ।
दुवै पक्षबीच वडा प्रहरी कार्यालयमा भएको छलफलपछि क्षति पुर्याएको सामग्री विज्ञापन कम्पनीले पुनः मर्मत गरेर राखिदिएपछि विवाद मिलेको थियो ।
View : 417
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved