विराटनगर । उद्योगी व्यवसायी र वैंकबीच व्यवसाय फ्रवर्द्धनबारे अन्तरक्रिया कार्यत्रम गरिएको छ । बिहीबार विराटनगरमा भएको सो कार्यक्रममा आर्थिक संकट खेपिरहेका उद्योगी व्यवसायीलाई वैंकको तर्फबाट गर्ने सहयोग सम्बन्धमा छलफल भएको कृषि विकास वैंकका कर्जा विभागका वरिष्ठ अधिकृत ठाकुरप्रसाद ओझाले जानकारी दिए ।
कृषि विकास वैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङको उपस्थितिमा भएको सो कार्यक्रममा नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा, मोरङ व्यापार संघका वाणिज्य उपाध्यक्ष अनिल साह, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौला, कृषि विकास वैंक लिमिटेडका कर्जा विभागका विभागीय प्रमुख सुदीप दाहाल, मार्केटिङ एण्ड सेल्स विभागका विभागीय प्रमुख विणा शर्मा, प्रदेश कार्यालयका निर्देशक रञ्जन खनाल लगायतको सहभागिता थियो ।
सो अवसरमा कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्रछात्राहरूलाई बैंकिङ कारोवार सम्बन्धी जनकारी दिइएको थियो भने इलाम शाखाले एकहप्ते विश्वव्यापी मुद्रा सप्ताह कार्यक्रम समेत आयोजना गरेको थियो ।
त्यसैगरी बैंकले सुनसरीको हरिनगर, इलाम र धनकुटा लगायतका विभिन्न शाखाहरूमा विक्तीय साक्षरता सम्बन्धी कार्यत्रम सम्पन्न गरेको जनाइएको छ ।
View : 750
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved