Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ उपनिर्वाचन

सुहाङलाई २ हजार २८२ मतको अग्रता

उद्घोष सम्वाददाता
१७ वैशाख २०८१, सोमवार

विराटनगर । इलाम–२ प्रतिनिधिसभा सदस्यका लागि जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजार बढि मतको अग्रता लिएका छन् । उनले नेपाली कांग्रेसका डम्बर बहादुर खड्कालाई २ हजार २८२ मतले पछि पारेका छन् ।

इलामको फाकफोकथुम गाउँपालिकाको मतगणना सकिंदा १ हजार १५५ मतले अग्रता कायम गरेका सुहाङले चुलाचुली गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ सकिंदासम्म मतान्तर २ हजार कटाएका हुन् ।

सुहाङले ७ हजार ६७७ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका डम्बरले ५ हजार ३९५ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेमिमले ४ हजार ५८ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार १६२ मत प्राप्त गरेका छन् ।

विहान ६ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका जितबहादुर राईले २३९ मत पाएका छन् ।

कुखुराको भाले चुनाव चिन्ह अंकित स्वतन्त्र उम्मेदवार मणि पामो लिम्बुले १९९ तथा राप्रपाका लक्ष्मी गुरुङले ४३ मत पाएका छन् ।

View : 73

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved