Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमालेका अधिकांश कमिटीका अधिवेशन सम्पन्न

उद्‌घोष संवाददाता
२२ असार २०८२, आइतवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ ।

स्थानीय तह कमिटीका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सकिएको एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए ।

उनले पार्टीले निर्धारण गरेको समयमा नै कमिटीका अधिवेशन सम्पन्न गरिएको बताए । उनका अनुसार स्थानीय तहका १० वटा कमिटीको अधिवेशन गर्न बाँकी रहेको छ । यसैगरी एमालेका करिब छ हजार वडाका अधिवेशन सकिएका छन् ।

आयोगका अध्यक्ष डा सुब्बाले अधिवेशन गर्न बाँकी ९८ कमिटीको विधान महाधिवेशनभन्दा पहिला नै सक्नेगरी काम अघि बढाएको जानकारी दिए ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म तोकिएको छ । पार्टीका २३ जनसङ्गठनमध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेको छन् ।

View : 425

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved