Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

मुख्यमन्त्री निवासमा हाजिरी गराएर होली

उद्घोष सम्वाददाता
१२ चैत २०८०, सोमवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार आफ्नो निवासमा होली मिलन कार्यक्रम राखे । सरकार परिवर्तनको बहस चर्किंदै गएको बेलामा मुख्यमन्क्री कार्कीले शत्ति प्रदर्शनको संकेत गर्दै आफू निकटहरुको उत्साहपूर्ण उपस्थितिमा होलीको शुभकामना आदान–फ्रदान कार्यक्रम राखेका थिए ।

कार्यत्रममा निम्त्याइएका आगन्तुकहरु मुख्यमन्त्री निवासको गेटभित्र प्रवेश गर्नेवितिक्कै केही कर्मचारीहरुले हाजिर गरिदिन आग्रह गर्दै हाजिरी पुस्तिका तेर्स्याइरहँदा भने आगन्तुकहरू आश्चर्यचकित हुँदै थिए । मुख्यमन्क्री कार्कीले नै बोलाएको होली मिलन कार्यत्रममा रंग लगाएर शुभकामना दिन किन हाजिरी गर्नुपर्‍यो भन्दै उनीहरु अचम्मित बने ।

गेटमा मुख्यमन्त्री कार्यालयका तीनजना कर्मचारीहरुले आगन्तुकहरुलाई हाजिर गराइरहेका थिए । उनीहरु केही विशिष्ट अतिथिहरुलाई हाजिर गराउने बेलामा भने हिचकिचाउँदै थिए । आफू भुईँ तहका जनताको जनप्रतिनिधि भएको भन्दै कार्कीले सांसददेखि मन्त्री हुँदै मुख्यमन्त्री बन्दासम्म पनि भन्न छाडेका छैनन् । तर उनले आफ्नै निबासमा आयोजना गरिएको होली मिलन कार्यक्रममा बोलाइएका आमन्त्रितहरुलाई भने कर्मचारी खटाएर हाजिरी गर्न बाध्य बनाइरहेका थिए ।

हाजिरी अनिवार्य हो भन्ने प्रश्नमा त्यहाँ खटिएका एक कर्मचारीले माथिबाटै हाजिरी गराउनु भनेकोले आफूहरु पनि आदेश मान्न बसेको बताए । आगन्तुकले हाजिर गरे नगरेको निगरानीका लागि सचिवालयकै कर्मचारीहरु त्यहाँ देखिन्थे ।

कांग्रेस निकट एक कर्मचारीले भने मुख्यमन्त्री कार्यालयबाटै खर्च उल्लेख गर्नका लागि हाजिर अनिवार्य गरिएको हुनसक्ने जानकारी दिए ।

मुख्यमन्त्री निबासभित्रको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति थियो ।

मुख्यमन्त्री निकट र डा.शेखर कोइराला समूहमा चिनिएका कांग्रेसका नेता कार्यकर्ताहरु झापा, सुनसरी, धनकुटा, उदयपुर लगायतका जिल्लाबाट पनि उपस्थित थिए । तर त्यहाँ नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापादेखि संस्थापन समूहका धेरै प्रदेश सभा सदस्यसमेत देखिएनन् ।

त्यसैगरी कार्कीलाई मुख्यमन्त्री बनाउन सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की पनि सहभागी भएनन् । 

पुगेका आगन्तुक पनि गेटैमा रहेका कर्मचारीले हाजिर गर्न कर गरेपछि असहज महशुस गरिरहेका थिए । हाजिर गरेर प्रवेश गरेका आगन्तुकहरुलाई मुख्यमन्त्री कार्कीले अबिर टीका लगाइदिएर शुभकामना आदान प्रदान गरेका थिए ।

View : 269

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved