Biratnagar, Morang, Nepal
२० साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

उद्योगी–व्यवसायीको सुरक्षा तथा औद्योगिक वातावरणबारे डिआईजी शेखर खनालले गरे छलफल

उद्‌घोष संवाददाता
१९ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले औद्योगिक सुरक्षा, सुरक्षा चुनौती तथा आपसी समन्वयका विषयमा उद्योगी–व्यवसायीसँग मंगलबार छलफल गरेका छन् ।

मंगलबार आयोजित छलफलमा डिआईजी खनाल र कोशी प्रदेशका विभिन्न उद्योगी व्यवसायी सम्वद्ध संस्थाका पदाधिकारी तथा उद्योगी–व्यवसायीहरूबीच छलफल भएको हो । 

कार्यक्रममा औद्योगिक क्षेत्रको सुरक्षा अवस्था, उद्योग सञ्चालनका क्रममा देखिएका सुरक्षा चुनौती, उद्योगी–व्यवसायी र नेपाल प्रहरीबीचको सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

छलफलका क्रममा उद्योगी–व्यवसायीहरूले औद्योगिक क्षेत्रका सुरक्षा सम्बन्धी आफ्ना सुझाव तथा जिज्ञासा राखेका जनाइएको छ ।

प्रदेश प्रहरी प्रमुख खनालले उद्योग तथा व्यवसायको सुरक्षित वातावरण निर्माणका लागि प्रहरी सधैं प्रतिबद्ध रहेको बताउँदै निजी क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ बनाइने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा उद्योग तथा व्यवसायमैत्री सुरक्षा वातावरण सिर्जना गर्न नियमित संवाद, सूचना आदान–प्रदान र आपसी सहकार्यलाई निरन्तरता दिने विषयमा समेत जोड दिइएको जनाइएको छ ।

View : 82

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved