Biratnagar, Morang, Nepal
१७ असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

संघले दियो रिजाललाई बधाई

उद्‌घोष संवाददाता
१७ असार २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यसँगै महासंघको व्यापार समितिको सभापतिको जिम्मेवारी पाएका संघका निवर्तमान अध्यक्ष नवीन रिजाललाई मोरङ उद्योग व्यापार संघले बधाई ज्ञापन गर्दै सफल कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेको छ । 

सोमबार आयोजित एक कार्यक्रममा संघका अध्यक्ष अनुपम राठी सहित पदाधिकारी र कार्यसमिति सदस्यहरुले नवनिर्वाचित केन्द्रीय सदस्य एवं व्यापार समितिका सभापति रिजाललाई बधाइ दिदै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

रिजाल गत बैशाखमा सम्पन्न महासंघको साधारणसभा तथा निर्वाचन पश्चात् गठित कार्यसमितिमा कार्यकारिणी समिति सदस्यमा मनोनित भएका थिए । 

गत साता महासंघले उनलाई व्यापार समितिको सभापतिको महत्वपूर्ण जिम्मेवारी  दिएको थियो ।

सो अवसरमा संघका अध्यक्ष  राठीले संघमा झण्डै दुई दशक देखि आवद्ध रही रिजालले ३३औं कार्यसमितिको कुशल नेतृत्व गर्दासम्म निजी क्षेत्रको हकहित, संरक्षण, सम्वद्र्धन एवं समग्र आर्थिक विकासमा पुर्याएको महत्वपूर्ण योगदान प्रेरणादायी र सदा स्मरणीय रहेको बताउँदै उद्योगी, व्यवसायीहरुको पक्षमा सदैव अग्रगामी, सशक्त वकालत तथा निरन्तर क्रियाशील रहेको भन्दै  रिजालको प्रशंसा गरेका थिए । 

साथै अध्यक्ष राठीले रिजालको उपस्थितिले महासंघको नेतृत्व र व्यापार समितिलाई अझ सशक्त, क्रियाशील तथा गतिशील बनाउने विश्वास व्यक्त गरेका छन । 

रिजाल यस पटकसहित दोस्रो पटक महासंघको केन्द्रीय सदस्यका रुपमा चयन भएका हुन् ।

View : 76

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved