विराटनगर । विराटनगर–१४स्थित एस्पायर कलेजमा यसै शैक्षिक सत्रबाट स्कुल अफm इन्जिनियरिङको बीआइटी कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
काठमाडौं विश्वविद्यालयले एक कार्यत्रम गरी विश्वविद्यालय र एस्पायर कलेजबीच साझेदारी रूपमा बीआइटी कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो ।
चार वर्षमा ८ सेमेष्टरमा अध्यापन गराइने सो कार्यक्रममा कक्षा ११ र १२ मा विज्ञान संकाय अध्ययन गरेर जीपिए २.० वा ५०Ü अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूले भर्ना पाउन सक्ने छन् । काठमाडौं विश्विद्यालयको प्रत्यक्ष निगरानीमा चलिरहेको सो कलेजमा यसै वर्षदेखि आइटी कम्पनीसमेत सञ्चालनमा आउँदै छ ।
विद्यार्थीलाई भर्नादेखि रोजगारसम्म सेवा पुर्याउने अभिप्रायले सञ्चालन गरिने सो आइटी कम्पनीमा विद्यार्थीहरूले इन्टर्न तथा रोजगारी पाउने छन् ।
View : 103
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved