Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

कोशी प्रदेश खेलकुद विकास बोर्डमा बस्नेतको पुनर्वहाली, वाग्ले पदमुक्त

उद्‌घोष सम्वाददाता
१९ वैशाख २०८१, बुधवार

विराटनगर । उच्च अदालत विराटनगरले कोशी प्रदेशको खेलकुद विकास बोर्डको सदस्य सचिवमा कृष्ण बस्नेत(पर्शुराम)लाई पुनर्वहाली गर्न आदेश दिएको छ । लामो समयपछिको मुद्दामा सोमबार आदेश भएको हो ।

प्रदेश सरकारको २०७८ चैत २१ को मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई फदमुक्त गर्दै ओखलढुंगाका हंशराज वाग्लेलाई सदस्य सचिवमा नियुत्त गरेको थियो । सो निर्णयविरुद्ध बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशको मागसहित मुद्दा दायर गरेका थिए । त्यस बेला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि लामो समयपछि पुनर्वहाली गर्ने आदेश दिएको हो ।

अदालतको आदेशसँगै हालका सदस्यसचिव वाग्ले पदमुक्त भएका छन् । बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गरेका थिए ।

उच्च अदालत विराटनगरका न्यायाधीश ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले बस्नेतलाई पुनर्वहाली गर्न आदेश दिएको हो । तत्कालीन सामाजिक विकास मन्त्री राजन राईले बस्नेतलाई फदमुक्त गर्दै वाग्लेलाई सदस्य सचिवमा नियुत्त गरेका थिए । वर्तमान मुख्यमन्त्री केदार कार्की पनि वाग्लेसँग रुष्ट थिए ।

वाग्ले नेतृत्वको बोर्डले करार प्रशिक्षक नियुक्त गरेपछि गत महिना मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

परिषद्को कार्यालयले सामाजिक विकास मन्त्रालयलाई पक्राचार गर्दै बोर्डले गरेको नियुत्ति प्रक्रियाको छानविन गरेर सात दिनभित्रमा प्रतिवेदन बुझाउन निर्देशन गरेको पनि त्यो कार्यान्वयन नभई वाग्ले पदमुक्त भएका छन् ।

स्पष्ट रायसहितको छानविनको प्रतिवेदन तयार गर्न र सो अवधिभर नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिइएको भए पनि वाग्लेले प्रशिक्षक नियुक्त गरेका थिए ।

अनियमित तथा धाँधलीपूर्ण तरिकाले अयोग्य र कनिष्ठ प्रशिक्षक छनौट गरेको मुख्यमन्त्री कार्यालयको पत्रमा जनाइएको थियो ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार सामाजिक विकास मन्त्री परिवर्तन भएकाले त्यहाँबाट एक महिना बित्दा पनि जवाफ आएको छैन ।
 

View : 253

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved