Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

अपर काबेलीको सुरुङमार्ग ‘ब्रेक थ्रु’

उद्‌घोष संवाददाता
६ साउन २०८२, मङ्गलवार

विराटनगर । ताप्लेजुङको सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाको सिमानामा रहेको २८ दशमलव १० मेगावाट क्षमताको अपर काबेली जलविद्युत् आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ ।

एक हजार ७७२ मिटर लामो उक्त सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको प्रवद्र्धक कम्पनी पिस इनर्जीले जनाएको छ । 

आयोजनाको इन्टेक सिरिजङ्घा–४ तेल्लोकमा रहेको छ । पावरहाउस भने सिरिजङ्घा–१ को सिनाममा रहेको जनाइएको छ ।

क्यू ४० मा निर्माण गरिएको यो आयोजनाको निर्माण सन् २०२३ मा पीपीए सम्पन्न भएर निर्माण सुरु गरिएको थियो । 

सन् २०२७ मा आयोजनाले व्यवसायिक उत्पादन गर्ने लक्ष्यसहित निर्माण जारी रहेको जनाइएको छ ।

आयोजनाको लागत ५ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ रहेको आयोजनाका व्यवस्थापक प्रकाश ढुंगानाले बताए ।

View : 326

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved