Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

झापा र मोरङबाट खैरो हेरोइनसहित चार पक्राउ

उद्‌घोष संवाददाता
११ जेठ २०८३, सोमवार

विराटनगर । झापा र मोरङका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आइतबार गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो इकाई कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२५ का ४० वर्षीय अजय चित्रकार र ३७ वर्षीय सुशील मानन्धर छन् । 

उनीहरूको साथबाट १२ ग्राम ४७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, झापाकै इलाका प्रहरी कार्यालय दमकको टोलीले ८ ग्राम ४१० मिलिग्राम खैरोे हेरोइनसहित दमक नगरपालिका–५ का २३ वर्षीय तुलसी माझीलाई नियन्त्रणमा लिएको छ ।

यता मोरङको विराटनगर–१५ बाट इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो इकाई कार्यालय विराटनगरको संयुक्त टोलीले धरान–१७ का २४ वर्षीय ज्ञानेश खड्कालाई पक्राउ गरेको छ । उनको साथबाट ५ ग्राम खैरो हेरोइन बरामद भएको छ ।

प्रहरीका अनुसार खैरो हेरोइनसहित पक्राउ परेका चारै जनालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ ।

View : 93

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved