Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सूर्यज्योतिको साधारणसभामा विविध कार्यक्रम

उद्घोष सम्वाददाता
६ असोज २०८१, आइतवार

सुन्दरहरैंचा । सुन्दरहरैंचा–१० स्थित सूर्यज्योति बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभाका अवसरमा विविध कार्यक्रम गरिएका छन् ।

प्रदेश बचत तथा ऋण सहकारी संस्था कोशी प्रदेशका अध्यक्ष हरिप्रसाद सुवेदीको प्रमुख आतिथ्यतमा भएको सो साधारणसभामा संस्थाका अध्यक्ष युवराज दाहालले वार्षिक प्रतिवेदन र सचिव होमनाथ पोखरेलले प्रगति प्रतिवेदन र तथा आगामी निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले सस्थमा १ हजार ५ सय ५ सदस्य तथा ५ सय ७ जना बाल बचतकर्ता रहेको  जानकारी दिए ।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट विष्णुप्रसाद गुरागाईंले आर्थिक प्रतिवेदन तथा  अनुमानित बजेट र टेकबहादुर खनालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा पूर्व सञ्चालक सम्मानद्वारा तिलप्रसाद गुरागाईंलाई सम्मानित गरिएको थियो । यस्तै उत्कृष्ट बचत तथा ऋण कारोबार गर्ने ४ जनालाई पुरस्कृत गरियो ।

पुरस्कृत हुनेहरूमा कमला खतिवडा खनाल, भीमादेवी भण्डारी, रेनुका दमाई दर्जी र पदमप्रसाद तिम्सिना छन् । यस्तै सफल उद्यमी पुरस्कार युवराज दर्जी र दैनिक बचत कारोबारमा शान्ता पाण्डेलाई पुरस्कृत गरियो । 

साधारण सभा कार्यक्रमको अवसरमा सूर्यज्योति सहकारीको आयोजना तथा लायन्स क्लब इन्द्रफुर, विराटचोक तथा खोर्सानेको सहयोगमा रक्तदान तथा निःशुल्क आँखा शिविर गरिएको थियो । शिविरमा ५० जनाले रत्तदान गरेको र १ सय ५० जनाको निःशुल्क आखा जाँच गरिएको बताइएको छ ।

View : 64

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved