विराटनगर : विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरूलाई उन्नत जातको घाँसको बीउ वितरण गरेको छ ।
महानगरको पशुपक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले घाँसको बीउ वितरण गरेका हुन् ।
विराटनगर क्षेत्रभित्रका पशुपालक ७५ जना कृषक र आठवटा कृषि समूहलाई बीउ वितरण गरिएको हो । पशुपक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवका अनुसार बरसीम र जै जातको घाँसको बीउ वितरण गरिएको हो । प्रतिकृषक बरसीम १ र जै ४० केजी वितरण गरिएको शाखा प्रमुख यादवले जानकारी दिए ।
महानगरमा दर्ता भएका कृषि फर्मलाई छनोट गरेर उन्नतजातको बीउ वितरण गरिएको उनको भनाइ छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विराटनगर महानगरपालिकाभित्र कृषिमा आधारित घरधुरी पनि ठूलै रहेको बताए । उनले महानगरले निःशुल्क रूपमा वितरण गरेको घाँसबाट बढीभन्दा बढी लाभ लिन आग्रहसमेत गरे । यसअघि महानगरले गहुँ र मकैको बीउ वितरण गरेको थियो ।
View : 192
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved