विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) को केन्द्रीय उपाध्यक्ष भीम घिमिरे पुनः निर्वाचित भएका छन् । बुधबार सम्पन्न भएको २२ औं साधारण सभाबाट दोस्रो कार्यकालका लागि घिमिरे उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
सीएनआई कोशी प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहेका घिमिरे यसअघि पनि उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।
प्रदेश तथा शाखाको तर्फबाट घिमिरे उपाध्यक्षमा पुनः निर्वाचित भएको जनाइएको छ ।
२२ औं साधारण सभाबाट अध्यक्षमा भने बिरेन्द्रराज पाण्डे चयन भएका छन् ।
परिसंघको अध्यक्षबाट राजेशकुमार अग्रवाल विदा भएका छन् । बरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी निर्वाचित भएका छन् ।
View : 1610
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved