Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लायन्स क्लबद्वारा छात्रवृत्ति वितरण

उद्‌घोष संवाददाता
२२ माघ २०८२, बिहिवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीले पञ्चायत माध्यमिक विद्यालयका तीनजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै दुईजना पूर्वशिक्षकलाई सम्मान गरेको छ । 

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका पूर्व शिक्षक टोमबहादुर श्रेष्ठ र लक्ष्मी खरेललाई सम्मान गरिएको हो ।

त्यसैगरी लायन्स क्लबले कक्षा ३ मा अध्ययनरत भुवन नेपाली, कक्षा ४ का सागर फुयाल र कक्षा ६ की सृष्टि चौधरीलाई छात्रवृत्ति प्रदान गरेको छ । 

लायन्स क्लब अफ गोठगाउँ रोयल सिटीका अध्यक्ष अनुरोध साहका अनुसार ती विद्यार्थीलाई कक्षा १२ सम्मको पढाइमा क्लबले निरन्तर सहयोग गर्नेछ । 

उनले विद्यार्थीको स्टेशनरी खर्च, विद्यालय पोशाक, परीक्षा शुल्कलगायतका खर्च लायन्स क्लबले व्यहोर्ने गरी विद्यालयसँग सम्झौता गरिने जानकारी दिए ।

View : 526

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved