Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

निसानको म्याग्नाइट फेसलिफ्ट सार्वजनिक, सुरुवाती मूल्य ३५ लाख ७५ हजार

उद्‌घोष सम्वाददाता
१२ फागुन २०८१, सोमवार

विराटनगर । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पको विराटनगर शाखाले निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सोमबार सार्वजनिक गरेको छ । नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य ३४ लाख ७५ हजार रुपैयाँदेखि सुरू हुने जनाइएको छ ।

अत्याधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, अझ ‘बोल्डर’ डिजाइन र प्रिमियम एस्थेटिक्ससहित निसान म्याग्नाइटको चारवटा नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो । 

सारडा ग्रुप अन्तरगतको पायोनियर मोटो कर्प प्रालिका निर्देशक प्रदीप सारडा र विराटनगर शाखा प्रमुख अमित अग्रवालले म्याग्नाइट फेसलिफ्टको संयुक्त रुपमा सार्वजनीकरण गरे । 

म्याग्नाइट फेसलिफ्टमा ‘भिजिया’, ‘एक्सेन्टा’, ‘एन–कनेक्टा’ र ‘टेक्ना–प्लस’ भेरियन्ट समावेश  छन् । जसको अधिकतम् मूल्य भने ५२ लाख ९९ हजार रुपैयाँ रहेको जनाइएको छ । 

म्याग्नाइट फेसलिफ्टले आफ्नो मूल्यलाई कायम राख्दै अतुलनीय ड्राइभिङ अनुभव सुनिश्चित गर्ने पायोनियर मोटो कर्पका सहायक विक्री प्रवन्धक शम्भु पौडेलले जानकारी दिए । 

उनले नयाँ निसान म्याग्नाइट फेसलिफ्टमा ४० वटा भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषतासहित ५५ सुरक्षा सुधारहरू रहेको उनले बताए । म्याग्नाइट फेसलिफ्टमा ‘हाइ–टेन्साइल स्टिल केज बडी’ र ‘इम्प्याक्ट–अबजोर्विङ कम्पोनेन्ट’ का कारण उत्कृष्ट सुरक्षा प्रदान हुने जनाइएको छ । जस अन्तरगत ६ वटा एयरब्याग उपलब्ध रहेको तथा ‘३–पोइन्ट सिटबेल्ट’ र सबै सिटका लागि ‘सिटबेल्ट–रिमाइन्डर’ प्रणालीले उत्कृष्ट सुरक्षा सुनिश्चित गर्ने समेत बताए ।

म्याग्नाइट फेसलिफ्टमा १९ लिटरको क्याबिन स्टोरेज, ६०ः४० रियर सिट स्प्लिटसहित विस्तार गर्न सकिने ‘बुट स्पेस’, आर्मरेस्ट स्टोरेज र कपहोल्डहरू उपलब्ध रहेको जनाइएको छ ।

‘आर्कमिज’ को थ्रिडी साउन्ड सिस्टमले उत्कृष्ट अडियो अनुभव प्रदान गर्ने जनाइएको छ । त्यस्तै ६० मिटर दायरा भएको ‘रिमोट इन्जिन स्टार्ट’ ले थप सहजता सुनिश्चित गर्नेछ । 

‘प्रिमियम इन्टेलिजेन्ट की’ (आइ–की) ले गाडी छोडेर हिंड्दा स्वतः लक हुने र नजिकिंदा अनलक हुने सुविधा प्रदान गर्ने जनाइएको छ । साथै स्वचालित हेडल्याम्प जस्ता विशेषताहरूले गाडीलाई अझ आधुनिक र आकर्षक बनाएको दाबी गरिएको छ ।

‘बिग, बोल्ड, एन्ड ब्युटिफुल’ निसान म्यागनाइटले एसयुभि सेगमेन्टमा निरन्तर नयाँ मापदण्ड कायम गर्दै आएको पायोनियर मोटो कर्पका सिनियर सेल्स एक्ज्यिूकेटिभ धिरेन्द्र प्रधानले बताए । 

पहिलो पटक सन् २०२० को डिसेम्बरमा विश्वव्यापी रूप सार्वजनिक भएपछि सन् २०२१ मा नेपाली बजारमा सार्वजनिक गरिएको यो मोडेलले हालसम्म एक लाख पचास हजार बढी इकाईमा बिक्री भइसकेको जनाइएको छ ।

View : 244

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved