विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पार्टीका संस्थापक महासचिव पुष्पलाल प्रधानको ४६ औं स्मृति दिवसमा विभिन्न कार्यक्रम गरेको छ ।
पार्टी जिल्ला कमिटी मोरङले विराटनगर पुष्पलाल चोकस्थित पुष्पलाल स्मृति भवनमा विचार गोष्ठी गरी उनले पार्टी स्थापना र संगठन विस्तारमा पुर्याएको योगदानको बारेमा चर्चा गरेको छ ।
पुराना कम्युनिष्ट नेता कमल कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू महेश रेग्मी, भीमबहादुर बस्नेत, शम्भु साहलगायत डा. महेश न्यौपाने, देवी पन्थी, सीता पौडेललगायतले पुष्पलाल र कम्युनिष्ट आन्दोलनका बारेमा बोलेका थिए ।
नेकपा एकीकृत समाजवादी मोरङ अध्यक्ष चन्द्रवीर राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा फार्टीका विराटनगर महानगर कमिटी अध्यक्ष वीरेन्द्र यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यत्रमपश्चात् पुष्पलाल चोकमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गर्नुका साथै दीप प्रज्वलन गरिएको डा. उद्धव पोखरेलले जानकारी दिए ।
View : 98
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved