सुनसरी । फागुन २१ गतेको निर्वाचनको लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–३ बाट आफ्नो एकल नाम सिफारिस गर्ने पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारको प्रयास असफल भएको छ ।
सुनसरीका अधिकांश क्षेत्रीय समितिले जिल्लामा नाम पठाइसकेको पनि क्षेत्र नम्बर–३ मा भने गच्छदारले एकल नाम सिफारिस गर्न दबाब दिएपछि बैठक लम्बिएको थियो ।
गच्छदार विगतमा १८ पटक मन्त्री भइसकेका छन् । गत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पाँच हजार बढी मतान्तरले पराजित भएका गच्छदारले एकल नाम सिफारिस गर्न दबाब दिएपछि बैठक लम्बिएको एक नेताले जानकारी दिए ।
बुधबार दिनभर बसेको बैठकले अन्तत लामो रस्साकसीपछि तीन जनाको नाम सिफारिस गरेको छ ।
सुनसरी ३ नम्बर क्षेत्रीय समिति अध्यक्ष मेहदी हुसेनका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ गच्छादारसहित बेदनारायण गच्छदार र ओमकुमार थापाको नाम सिफारिस भएको छ ।
त्यसैगरी समानुपातिकतर्फ महेशप्रसाद बास्तोला, दिलमाया डा“गी, प्रमिला गच्छदार, गोमा पराजुलीसहित १३ जनाको नाम सिफारिस भएको छ ।
राष्ट्रियसभा सदस्यका लागि मेदनीप्रसाद सिटौला, हरि सापकोटा, पन्छी वाइवा, दीपक राई, कल्पना चौधरी, गुलाबी मियाँ, ध्रुब घिमिरे लगायत १५ जनाको नाम सिफारिस भएको छ ।
सुनसरी १ मा कोशी प्रदेश महामन्त्री उमेश थापा, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नेपाल महिला संघकी जिल्ला सदस्य रुक्मिना गौतम (कोपिला), महासमिति सदस्य विनोदकुमार राई र महाधिवेशन प्रतिनिधि सन्दीप श्रेष्ठको नाम सिफारिस गरेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए ।
त्यस्तै सुनसरी–२ मा सीताराम मेहता, राजीब कोइराला र राजीब ढुंगानाको नाम मंगलबार नै सिफारिस भैसकेको छ ।
सुनसरी–४ बाट ज्ञानेन्द्रबहादुर कार्की, गफार मियाँ, अबुल हुसेन, डिल्ली कार्की र नवीन श्रेष्ठको नाम सिफारिस भएको छ ।
View : 198
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved