Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

२४ घण्टाको विपद्जन्य घटनामा पाँच जनाको मृत्यु

उद्‌घोष संवाददाता
२१ जेठ २०८३, बिहिवार

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा पाँच जनाको मृत्यु भएको हो ।

मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरका भएका विपद्यन्ज घटनामा अन्य ११ जना घाइते भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिए ।

उनका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले डसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो ।

रोल्पाको गङ्गादेव गाउँपालिका रातमाटामा खहरे भेलले बगाएर दुई बालकको मृत्यु भएको प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २५ वटा विपद्जन्य घटना भएकामा ती घटनाबाट ६३ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।

View : 30

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved