विराटनगर । शुक्रबार साँझ सार्वजनिक भएको एसईई परीक्षाको नतिजा अनुसार मोरङबाट १८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
जीपीए ल्याउने विद्यार्थीहरूमा सामुदायिक भन्दा संस्थागत विद्यालयका धेरै छन् ।
सामुदायिक विद्यालयतर्फ विराटनगरको आदर्श माविबाट सवैभन्दा धेरै ४ जना र संस्थागततर्फ पनि विराटनगरकै बाल कल्याण विद्या मन्दिर मावि (विकेभीएम) बाट ६ जनाले ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ मोरङले जनाएको छ ।
सामुदायिकतर्फ आदर्शका ४ जना र पोखरिया माविका १ जना गरी कुल ५ जना विद्यार्थीले ४ जीपीए ल्याए । संस्थागततर्फ विकेभीएमका ६ जना, एभरेष्ट माविका २ र बाल्मिकी मेमोरियल बोर्डिङ स्कुल पथरीका २ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
त्यसैगरी विराटनगरको कान्तिपुर सेकेन्डरी स्कुल र सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलका १/१ जना विद्यार्थीले पनि ४ जीपीए ल्याएको जनाइएको छ ।
View : 1145
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved