कामधेनु दुग्ध विकास सहकारीको विवाद बल्झियो
विराटनगर । सुनसरीको इटहरी, तरहरा क्षेत्रमा सञ्चालित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष यादव ढकालसँग सम्बन्धित पुरानो सहकारी ऋण विवाद फेरि चर्चामा आएको छ ।
ढकाल यसअघि मोरङको बनिगामा दुग्ध सहकारी संस्थाको नेतृत्वमा रहँदा लिएको सरकारी सहुलियत ऋण समयमै भुक्तानी नभएको विषय उठाइएको छ ।
स्रोतका अनुसार, बनिगामा दुग्ध सहकारी संस्थाले नेपाल सरकारअन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग २०७९ जेठ ३१ गते ५.५ प्रतिशत सहुलियत ब्याजदरमा १ करोड रुपैयाँ ऋण लिने सम्झौता गरेको थियो ।
सो सम्झौताअनुसार पहिलो चरणमा ५० लाख रुपैयाँ ऋण लिइएको भए पनि दोस्रो किस्ता लिइएन । साथै, पहिलो किस्ताअन्तर्गत तिर्नुपर्ने त्रैमासिक किस्ताहरू तोकिएको समयमा भुक्तानी नभएको एक पक्षको दाबी छ ।
किस्ता नतिरेका कारण सहकारी संस्थाको बैंक खाता रोक्का भएको तथा संस्थाको आर्थिक गतिविधिमा असर परेको सोही संस्थाका एक सदस्यले बताए ।
उनका अनुसार व्यवस्थापकीय कमजोरी हुँदा उक्त ऋणका कारण संस्थामा आर्थिक दायित्व बढेको छ । ती सदस्यले ऋण दुरुपयोग भएको र नक्कली ऋणी खडा गरिएको तत्कालीन अध्यक्ष ढकालमाथि आरोप लगाएका छन् ।
समयमा किस्ता र कर्जा नतिरेका कारण संस्थाको बैंक खाता रोक्कासमेत भएको ती सदस्यले बताए । उनका अनुसार, अध्यक्ष ढकालले आफ्नै श्रीमतीलाई सहकारीको व्यवस्थापक नियुक्ति गरेको, मनोमानी खर्च गरेको, आफ्ना विरोधीलाई शेयर सदस्यबाटै हटाउनेजस्ता काम गरेका छन् ।
यद्यपि, यी आरोपहरूलाई अध्यक्ष यादव ढकालले ठाडै अस्वीकार गरेका छन् । उनले बनिगामा दुग्ध सहकारीको नाममा लिएको ५० लाख रुपैयाँ संस्थाकै प्रयोजनका लागि प्रयोग भएको र पछि संस्थाको सम्पत्ति बिक्री गरेर चुक्ता गरिएको बताए । ढकालले ऋण लिएर संस्थाले भौतिक सम्पत्ति सिर्जना गरेको र सोही सम्पत्तिको उपयोगबाट दायित्व पूरा गरेको बताए ।
उनले पछिल्लो समय आफूमाथि अनेक प्रकारको लान्छना लगाई मनोवैज्ञानिक तथा मानसिक दवाव दिन एउटा समूह नै लागिपरेको बताए । आफू वास्तविक किसान भएको उल्लेख गर्दै उनले केही कागजी किसानहरू आफ्नो पछि हात धोएर लागेको बताए ।
उनले आफू अध्यक्ष हुँदा बनिगामा सहकारीको नाममा ५० लाख कर्जा लिएको र संस्थाकै सम्पत्ति बेचेर चुक्ता गरेको सत्य भएको बताए । तर, यो विषयलाई अतिरञ्जित प्रचार गरेको उनको भनाई छ ।
‘कर्जा लिएर संस्थाले सम्पत्ति सिर्जना गर्यो, सोही सम्पत्ति बेचेर संस्थाले कर्जा चुक्ता ग¥यो’ उनले भने, ‘के लिएको कर्जा संस्थाले नतिर्नुपथ्र्यो त ?’ उनले आफू बनिगामा सहकारी संस्थाको अध्यक्षबाट अलग भएको चार वर्ष भइसकेको र त्यसपछि पनि दुई अध्यक्ष र पाँच वटा साधारण सभा भइसकेकाले यो सबै पुरानो विषय भएको बताए ।
कामधेनुमा भने २८ करोडको कारोबारलाई बढाएर ७२ करोड पु¥याएको उनले दावी गरे ।
View : 178
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved