विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक किसानका लागि परजीवि नियन्त्रण गर्ने औषधि वितरण गरेको छ । महानगरको पशुपंक्षी शाखाले वडा नम्बर १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा पशु किसानलाई परजीवि नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो ।
पशुको गोबर जाच गरी निःशुल्क रुपमा औषधि वितरण गरिएको शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए । सो क्षेत्रमा किसानले व्यावसायिक रुपम गाई, भैंसी र बाख्रा पाल्दै आएका छन् । आन्तरिक परजीविका कारण उत्पादनमा किसानले ठूलो नोक्सानी खेप्दै आएकाले औषधि वितरण गरिएको हो ।
वडाध्यक्ष जितेन्द्रकुमार साहको समेत उपस्थितिमा भएको कार्यक्रममा ७६ घरपरिवारका २ सय ३५ वटा पशुवस्तुलाई परजीविको औषधि निःशुल्क वितरण गरिएको पशुपंक्षी शाखाका गणेश पौडेलले जानकारी दिए । पशुका लागि आयोजित शिविरमा शाखाकी डा. सरहाना सुवेदीले चेकजाच गरेकी थिइन् । महानगरमा दर्ता भएका ४० वटा पशु कृषि फर्मलाई समेत परजीवि नियन्त्रणको औषधि निःशुल्क वितरण गरिएको उनले बताए ।
View : 159
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved