Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले कोशी संसदीय दलको प्रमुख सचेतकमा बस्नेत

उद्‌घोष संवाददाता
२८ वैशाख २०८३, सोमवार

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद रमेश कुमार बस्नेत चयन भएका छन् । संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बस्नेतलाई प्रमुख सचेतक चयन गरेका हुन् ।

संसदीय दलको प्रमुख सचेतक रहेका विदुर लिंथेप कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेपछि रिक्त रहेको स्थानमा बस्नेत चयन भएका हुन् ।

सुनसरीको क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका बस्नेत कोशी प्रदेश सभाका सक्रिय सांसद मध्येभित्र पर्दछन् ।

View : 44

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved