Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
प्रविधि

एलिका ब्रान्डका उत्पादनमा अफर

उद्‌घोष सम्वाददाता
२९ चैत २०८१, शुक्रवार

विराटनगर । नयाँ वर्ष २०८२ को अवसरमा सिजी इलेक्ट्रोनिक्सअन्तर्गत एलिका ब्रान्डले ‘लाइट अप वीथ ल्यू कुकिङ एक्पेरियन्स’ नामक विशेष अभियानको शुभारम्भ गरेको छ ।

सो अभियानमार्फत ग्राहकहरूले एलिका ब्रान्डका अत्याधुनिक किचन उपकरणहरूमा विशेष छुट र उपहारहरू प्राप्त गर्ने अवसर पाउनेछन् । 

सो अभियानको उद्देश्य ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु रहेको कम्पनीले जनाएको छ । 

एलिकाका उत्पादनहरू नविनतम् प्रविधिमा आधारित छन् । यी उत्पादनले ऊर्जा बचत, उत्कृष्ट प्रदर्शन र दीर्घकालीन टिकाउपनको सुनिश्चितता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

घोषित अभियानअन्तर्गत ग्राहकहरूले एलिकाका कुकटप/हब, कुकिङ रेन्ज, बिल्ट–इन ओभन/माइक्रोवेभ र चिम्नीलगायतका किचन उपकरणहरू खरिद गर्दा निःशुल्क सिजी इलेक्ट्रिक किटली प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र आनन्ददायी बनाउने अपेक्षा राखिएको छ ।

View : 66

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved