विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको कार्यकारी निर्देशक पदमा डा उत्तमकुमार रेग्मी तथा दर्शनाचार्य (एमफिल) तथा विद्यावारिधि (पीएचडी) शैक्षिक कार्यक्रमको कार्यकारी निर्देशक पदमा प्राडा जीवनकुमार ढकाल नियुक्त भएका छन् ।
पूविको उपकुलपतिमा प्राडा बिजुकुमार थपलिया नियुक्त भएपछिको उनले गरेको सो पहिलो नियुक्ति हो ।
प्राडा थपलिया बैशाख १८ गते उपकुलपतिमा नियुक्त भएका थिए । बुधबार उनीसँगै उपकुलपतिको दौडमा सम्मिलित प्राडा ढकाललाई एमफील तथा फीएचडी शैक्षिक कार्यक्रम निर्देशकमा नियुत्त गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । डा रेग्मी र प्राडा ढकाल दुवै व्यवस्थापन क्याम्पस (पुसोम) मा प्राध्यापनरत छन् ।
यसभन्दा अगाडि एमफील तथा पीएचडी शैक्षिक कार्यक्रमको कार्यकारी निर्देशकमा डा रेग्मी थिए । यस्तै अनुगमन तथा मूल्याङ्कन केन्द्रको कार्यकारी निर्देशकमा डा सञ्जेश कोइराला थिए ।
उपकुलपतिको दौडमा रहेको बेलामा नै गत बैशाखमा डा कोइरालाको निधन भएको थियो ।
View : 267
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved