Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

प्रधानमन्त्रीद्वारा निर्वाचन तयारीबारे कोशीका सुरक्षाा अधिकारीहरूसँग छलफल

उद्‌घोष संवाददाता
१ फागुन २०८२, शुक्रवार

विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले बिहिबार कोशी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरूसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएकी छन् ।

सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले समग्र कोशी प्रदेशको अवस्थाका बारेमा छलफल गरेकी हुन् । 

छलफलमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायव महानिरीक्षक विनोद घिमिरेका साथै विभिन्न जिल्लाका मुख्य निर्वाचन अधिकृतहरू, नेपाली सेना, सशस्त्र

प्रहरीका, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू, प्रमुख जिल्ला अधिकारीहरूको पनि सहभागिता रहेको बताइएको छ ।

नेपाली सेनाका पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोशी प्रदेशको सुरक्षा अवस्था र निर्वाचनलक्षित योजनाका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि भएको तयारीको प्रशंसा गर्दै आउँदा दिनमा पनि सबै निकायबीच समन्वयका साथ अघि बढ्न र चुस्त दुरुस्त व्यवस्थापन गर्न निर्देशन दिइन् । 

उनले कुनै तत्वले निर्वाचनको वातावरण बिगार्न खोजेमा तत्कालै त्यस्ता तत्वलाई निरुत्साहित गर्न पनि निर्देशन दिइन् । 

यसअघि प्रधानमन्त्री कार्कीले सोलुखुम्बुका नाम्चे र सल्लेरी तथा भोजपुर सदरमुकाममा पनि निर्वाचनको तयारी र वस्तुस्थितिको बारेमा जानकारी लिएकी थिइन् ।

View : 121

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved