विराटनगर । विराटनगरस्थित अरनिको स्कुलका संस्थापक अध्यक्ष राजबहादुर कुँवरको निधनको बाह्रौं दिनको सन्दर्भ पारेर अरनिको आवासीय माध्यमिक विद्यालय र कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीको संयुक्त आयोजनामा बिहिबार श्रद्धाञ्जली सभा गरिएको छ ।
पछिल्लो समय परिवारसहित अमेरिकामा बसोबास गरिरहेका ८२ वर्षीय कुँवरको असार ९ गते निधन भएको थियो ।
श्रद्धाञ्जली सभामा स्कुलका सञ्चालक, शिक्षक, पूर्व शिक्षकहरू, कर्मचारीसहित ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थितिले रहेको थियो । सहभागीहरुले स्वर्गीय कुँवरको तस्वीरमा फूलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
पूर्व विद्यार्थी दीपेन्द्र अमात्य, स्कुलका प्राचार्य राजेश कार्की, दिनेश श्रेष्ठ, दिनेशराज सुवेदी, रविन श्रेष्ठ, डा मीरा आचार्य, माया पौडेल, अम्बिका खरेल, विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरी लगायतले राजबहादुर कुँवरको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए ।
कुँवर परिवारले ४७ वर्ष अगाडि अंग्रेजी माध्यमबाट पठनपाठन गराउन स्थापना गरेको अरनिको बोर्डिंङ स्कूलले गुणस्तरीय शिक्षा प्रदान गरेर विश्वभरी आफ्ना उत्पादन दिइसकेको जनाइएको छ ।
View : 227
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved