विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च) को अवसरमा माहेश्वरी महिला मञ्च विराटनगर तथा रोटरी क्लव विराटनगर फ्यूजनको आयोजनामा कोशी अस्पताललाई प्रसूतिपछि आवश्यक पर्ने सामग्री (पोस्ट मेटरनिटी किट) वितरण गरिएको छ ।
सुत्केरी महिलालाई आवश्यक पर्ने गाउन, प्रोटिनयुक्त खानेकुरा, बच्चाका लागि झुल, कम्बल, भोटो सेट र सरसफाईका लागि साबुन वितरण गरिएको जनाइएको छ ।
मञ्चकी अध्यक्ष ललिता जाजूका अनुसार त्यस्तो किटको २१ थान अस्पताललाई हस्तान्तरण गरिएको हो । उनले अस्पताललाई ५० थान किट उपलब्ध गराउने योजना रहेको जानकारी दिइन् ।
उक्त किट वितरण कार्यक्रममा कोशी अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. अन्जु देव, रोटरी क्लव विराटनगर फ्यूजनका अध्यक्ष विवेक अग्रवाल, कोषाध्यक्ष साकेत मुरारका, प्रथम महिला रोटरियन खुसी अग्रवाल, नेपाल माहेश्वरी महिला संगठनकी उपाध्यक्ष अमिता पेडिवाल, निवर्तमान् अध्यक्ष पुनम राठी, सल्लाहकार रीता माहेश्वरी, माहेश्वरी समाज विराटनगरका सचिव सुरेश परतानी, माहेश्वरी युवा मञ्चका उपाध्यक्ष नितेश सारडा लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक शीतल बाहेतीले जानकारी दिइन् ।
View : 358
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved