Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

झापाको केरखामा बसले ठक्कर दिंदा हजुरबुवा नातिनीको मृत्यु

उद्घोष सम्वाददाता
७ कार्तिक २०८१, बुधवार

विराटनगर । झापाको केरखामा बुधबार साँझ यात्रुबसले ठक्कर दिँदा विद्युतीय साइकलमा सवार हजुरबुबा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्ब–पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिकाको केरखा सडक खण्डमा भएको दुर्घटनामा परी कमल गाउँपालिका ३ निवासी ६० वर्षीय टेक वहादुर लिम्बू र उनकी १० वर्षीया नातिनीको बुधबार साँझ मृत्यु भएको हो । 

दुर्घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् भने दुर्घटनामा संलग्न बस तोडफोड गरेका छन् ।

प्र १–०१–००१ ख ४३३१ नम्वरको बसले पश्चिम दिशातर्फ गइरहेको इलेक्ट्रिक साइकललाई ठक्कर दिएको थियो ।

साइकलमा सवार हजुरबुबा र नातिनीको घटनास्थलमै मृत्यु भएसँगै स्थानीयले बसमा तोडफोड गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिए ।‍

View : 154

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved