विराटनगर । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भर्खरै सौर्य एयरलान्सको एउटा जहाज दुर्घटना भएको छ । दुर्घटनापछि त्यहाँ धुवाँको मुस्लो देखिएको छ ।
जहाज अवतरणका क्रममा ठूलो आवाज आएको प्रत्यक्षदर्शीहरुले सामाजिक सञ्जालमार्फत भिडियो हाल्दै उल्लेख गरेका छन् । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएर दुर्घटना भएको जनाइएको छ ।
सौर्य एयरले पनि जहाज दुर्घटना भएको जानकारी गराएको छ । जहाज पोखराका लागि उड्ने क्रममा दुर्घटनामा परेको जनाइएको छ ।
जहाजबाट क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरिएको जनाइएको छ । उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पुष्टि गरेको छ । जहाजमा १९ जना यात्रुहरु रहेका थिए ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
View : 393
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved