विराटनगर । विराटनगर–२ स्थित तिनपैनीमा सोमबार साँझ टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५१४ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको को २७ प ८५३४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
दुर्घटनापछि आक्रोसित भिडले टिपरमा आगजनी गरेका छन् ।
मृत्यु हुनेमा स्कुटरका चालक मोरङको कटहरी–१ जमकोटीका ७६ वर्षीय सुदीशनारायण झा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीले टिपर चालक मोरङको ग्रामथान गाउँपालिका–७ का ३१ वर्षीय सजन चौधरीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
View : 432
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved