विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले १२ दिनमा २३ जना फरार अभियुक्त पक्राउ गरेको छ । प्रहरीले विभिन्न अदालतबाट भएका फैसलाहरूको कार्यान्वयन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार मंसिर १२ गतेदेखि सोमबारसम्मको १२ दिनमा मोरङका विभिन्न स्थानीय तहमा ठेगाना भएका २३ जना पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार विराटनगर–१ का राजकुमार कटुवाल, ध्रुवकुमार खड्का, लेटाङ–५ का कमल विश्वकर्मा, लेटाङ–३ का कुमार लिम्बू, विराटनगर–७ का नवल यादव, पथरीशश्चिरे–१ सुरज गुरुङ, पथरीशश्चिरे–१० का संग्राम राई, पथरीशनिश्चरे–४ का शुक्रबहादुर दनुवार, कानेपोखरी–४ का आशिष राई, पथरीशनिश्चरे–६ का उमानाथ अधिकारी पक्राउ परेका हुन् ।
त्यसैगरी फरार सूचीमा रहेका कानेपोखरी–४ का कपिल जिमी, पथरीशनिश्चरे–७ का रोहिणीप्रसाद घिमिरे, कानेपोखरी–६ का राजकुमार श्रेष्ठ, पथरीशनिश्चरे–१० का कृष्णकुमार कोइराला, हेमकुमार माझी, कानेपोखरी–६ का ताराप्रसाद सुन्दास, सनोज दर्जी, पथरीशनिश्चरे–२ का भीम तामाङ, विराटनगर–१५ का गोविन्द साह, विराटनगर–१६ का किसन साह, सुन्दरहरैंचा–१ का मगही साह, रतुवामाई–२ का रामकुमार खवास र विराटनगर–८ का मगही साह तेली पनि पक्राउ परेको जनाइएको छ ।
उनीहरूबाट कुल ८ बर्ष ४ महिना ५ दिन कैद सजाय भुक्तान हुने जनाइएको छ । त्यसैगरी ५ लाख २ हजार ५७६ रुपैयाँ जरिवाना असुल हुने उल्लेख छ ।
पक्राउ परेकाहरू चेक अनादर, चोरी, नाकावजनी चोरी, वन मुद्दा, लेनदेन, लागुऔषध, गाली बेइज्जती, सम्बन्ध विच्छेद, घरेलु हिंसा, कुटपिट अंगभंग लगायतका अभियोगमा १५ दिनदेखि दुई बर्ष बढी कैद सजाय तोकिएका व्यक्तिहरू हुन् ।
View : 98
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved