Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

उद्‌घोष संवाददाता
९ मंसिर २०८२, मङ्गलवार

विरानगर । लायन्स क्लब विराटनगर शुभम्ले धनकुटाको एउटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडासहितका सामग्री वितरण गरेको छ । 

अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर धनकुटाको टेकुनालास्थित जनता राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, ट्र्याकसुट, शैक्षिक सामग्री, भलिबल, लुडो, क्यारामबोर्ड, बुद्धिचाललगायतका सामग्री वितरण गरिएको हो । 

विद्यालयमा अध्ययनरत ५२ जनालाई सो सामग्री हस्तान्तरण गरिएको थियो ।

क्लबकी अध्यक्ष विन्दु श्रेष्ठ लाखेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब विराटनगर शुभम् आबद्ध पदाधिकारी र सदस्यहरूको सहभागिता थियो । 

क्लबले यसअघि पनि विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो कपडा, खेलकुद सामग्री वितरण गरेको थियो ।

View : 186

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved