Biratnagar, Morang, Nepal
३१ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

न्यूरो हस्पिटलमा नर्सिङ स्टाफका लागि बीएलएस प्रशिक्षण

उद्‌घोष संवाददाता
३१ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलमा कार्यरत नर्सिङ स्टाफका लागि एकदिने ‘बेसिक लाइफ सपोर्ट (बीएलएस)’ तालिम सम्पन्न भएको छ । 

आपतकालीन अवस्थामा बिरामीको अवस्था पहिचान गरी तत्काल सही र प्रभावकारी निर्णय लिन तथा आवश्यक जीवनरक्षक उपाय अपनाउन नर्सिङ स्टाफको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

तालिममार्फत आकस्मिक अवस्थामा बिरामीको ज्यान जोगाउन आवश्यक व्यावहारिक सीप तथा ज्ञानलाई थप सुदृढ बनाइएको अस्पतालले जनाएको छ । 

विशेषगरी आपतकालीन अवस्थामा तत्काल उद्धार तथा प्राथमिक जीवनरक्षक उपचार प्रदान गर्ने क्षमता विकासमा तालिम केन्द्रित रहेको थियो ।

अस्पतालले बिरामीको सुरक्षा, गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्यकर्मीहरूको निरन्तर क्षमता अभिवृद्धिलाई प्राथमिकता दिँदै यस्ता तालिम तथा सीप विकासका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

View : 16

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved