Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

कटहरीमा गर्भवतीलाई पोषण वितरण

उद्‌घोष संवाददाता
२० माघ २०८२, मङ्गलवार

Advertisement

विराटनगर । कटहरी गाउँपालिकाका झण्डै पाँच सय गर्भवती तथा सुत्केरी महिलालाई गाउँपालिकाले कृषि उपज सम्बन्धी पोषक तत्व र किटनाशक औषधि वितरण सुरु गरेको छ । 

नेपाल सरकारको सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत पर्ने सुत्केरी तथा गर्भवती महिलालाई आफूले उब्जनी गर्दा खेतबारीमा प्रयोग गर्न मिल्ने आवश्यक पोषक तत्व र किटनाशक औषधि वितरण गरिएको हो ।

कार्यक्रमको पहिलो दिन कटहरीको ३ नम्बर वडाका विभिन्न बस्तीका सुनौलो हजार दिनभित्र पर्ने महिलालाई १६ थरिका पोषक तत्व र ८ प्रकारका बिषादी वितरण गरिएको हो । 

वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशी र कटहरी–३ का वडाध्यक्ष जदुलाल कामतले महिला तथा तिनका प्रतिनिधिलाई ती सामग्रीहरू हस्तान्तरण गरे । 

एक हजार दिनभित्र नवजात शिशुको ८० प्रतिशत मस्तिष्कको विकास हुने भएकाले यो समयमा गर्भवती तथा प्रसुतिले पोषिलो तथा हानिकारक बिषादी रहित सागसब्जी सहितका कृषि उपज खान सकून् भन्ने उद्देश्यले आफ्नै खेतबारीमा प्रयोग गर्नेगरी पोषक तत्व तथा बिषादी उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए । 

कार्यक्रमको पहिलो दिन कटहरी–३ का ७० जना प्रसूति तथा गर्भवती महिलालाई सामग्री वितरण गरिएको छ । 

गाउँपालिकाले प्रत्येक वडाका ७० जना गरी ७ वटै वडाका चार सय ९० जनालाई पोषक सामग्री वितरण गर्न लागेको हो ।

View : 520

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved